कोशी अस्पतालले गरेको पीसीआर परीक्षणमा ८ जनाको ‘रिपोर्ट’ कोरोना पोजेटिभ « Khabarhub

कोशी अस्पतालले गरेको पीसीआर परीक्षणमा ८ जनाको ‘रिपोर्ट’ कोरोना पोजेटिभ


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रदेश एकको कोशी अस्पतालमा गरिएको कोरोनाभाइरस प्रयोगशाला परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलका अनुसार कोशी अस्पतालमा पीसीआरबाट गरिएको परीक्षणमा ८ जनामा कोरोनाभाइरसको  संक्रमण देखिएको हो ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिए पनि थप पुष्टिका लागि उनीहरुको स्बाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

कोशी अस्पतालको परीक्षणमा कोरोना पोजेटिभ देखिएका आठै जना उदयपुरको मस्जिदमा लुकेर बसेका थिए । मस्जिदमा लुकेर बसेका उनीहरुलाई नियन्त्रणमा लिएर कोरोना परीक्षण गरिएको हो।

हाल उनीहरु आठैजनालाई कोशी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

अस्पतालले हालसम्म दुई सयभन्दा बढीको पीसीर प्रविधिबाट परीक्षण गरेकोमा ८ जनामा पोजेटिभ देखिएको  जनाएको छ । त्यस्तै र्‍यापीड टेस्टमा पोजेटिभ देखिएका एक जनाको पीसीआर परीक्षणमा भने नेगेटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : ४६ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात