चितवन जिल्ला अदालतको आदेश- कारागार पठाउनुपूर्व कोरोना परीक्षण गर्नु | Khabarhub Khabarhub

चितवन जिल्ला अदालतको आदेश- कारागार पठाउनुपूर्व कोरोना परीक्षण गर्नु


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन जिल्ला अदालतले थुनामा पठाउनुपर्ने कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई कोरोना परीक्षण गरी संक्रमित नभए मात्रै कारागार चलान गर्न आदेश दिएको छ । 

चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले छिमेकीको हत्या अभियोगमा चितवनकै हरिकृष्ण पाध्यालाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

आदेशमा पौडेलमाथिको थप छानविनका लागि पूर्पक्षका लागि थुनामा पठाउनुअघि कोरोना संक्रमण भए नभएको यकिन गरेर मात्र कारागार पठाउन भनिएको छ । 

अदालतले चैत ६ गते नै पक्राउ परेका पौडेललाई हिरासतमा रहँदा सामाजिक दूरी कायम राखिएको थियो वा थिएन ? भन्ने प्रश्न समेत उठाएको छ ।

न्यायाधीश रावलको इजलाशले हत्या अभियोग लागेका पौडेलको आरडीटी वा पीसीआर जुन माध्यमबाट भएपनि परीक्षण गर्न र कोरोनाको लक्षण देखिएको अबस्थामा चिकित्सकको परामर्शमा भरतपुर कोरोना विशेष अस्पतालमा उपचार गर्न समेत भनिएको छ । 

अभियुक्त पौडेलले गत फागुन ३० गते पारिवारिक विवादका क्रममा छिमेकी भुवानी प्रसाद पाण्डेलाई कुटपिट गरेको र उनको उपचारका क्रममा चैत ६ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : ५७ बजे

इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन

काठमाडौं – अमान्डा अनिसिमोभालाई ६-०, ६-० ले हराउँदै इगा स्वेतकले

‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

कञ्चनपुर– कञ्चनलपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको

पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर

काठमाडौं – भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टको पहिलो पारीमा

भानुभक्तको जन्मस्थललाई साहित्यिक स्थल बनाउनु पर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल