कोरोना त्रासः बाटोमा पैसा छर्ने महिला फरार, प्रहरीद्वारा खोजी जारी « Khabarhub

कोरोना त्रासः बाटोमा पैसा छर्ने महिला फरार, प्रहरीद्वारा खोजी जारी


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले जनकपुरमा बाटोमा पैसा फ्याँकेर भाग्ने  दुई जना महिलाको खोजी जारी राखेको छ ।

उनीहरुको तस्वीर सीसीटीभीमा देखिएकाे जनाउँदै प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ ।  जनकपुरधाम–४ महावीरचोक सडकमा नेपाली रूपैयाँ छररे फरार रहेका २ जना सीसीटीभीमा देखिएका हुन् ।

उनीहरुको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । सीसीटीभीमा कालो रंगको कपडा लगाएकी एक महिलाले मुख छोपेकी छिन् भने अर्की  पहेंलो कपडा लगाउने महिलाको अनुहार देखिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ४०-४५ वर्षका रहेको ती महिलाले दिउँसो साढे १२ बजे रूपैयाँ छररे भागेका हुन् । बरामद गरिएको उक्त रूपैयाँ कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जनाएको छ । पैसा छरिएको एरियामा सेनिटाइजर छरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै