लकडाउन उल्लंघन गर्ने १ हजार ४ सय बढीलाई कारबाही « Khabarhub

लकडाउन उल्लंघन गर्ने १ हजार ४ सय बढीलाई कारबाही


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनलाई थप कडाइ पारिएको छ । लकडाउनको २५ औं दिन आज लकडाउन उल्लंघन गर्ने १ हजार ४ सय १४ जनालाई कारबाही गरिएको छ।

आज बिहान ६ बजे देखि बेलुका ५ बजेसम्म उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसै गरी ३ सय ५४ वटा दुई पाङ्ग्रे र २६ वटा चारपाङग्रे गरी ३ सय ८० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट सबैभन्दा बढि १ हजार १ सय ५२ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट २ सय १७ र भक्तपुरबाट ४५ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।

साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १ सय ३७ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : २४ बजे

बङ्गलादेशमा दादुराका कारण ३११ बालबालिकाको मृत्यु

ढाका – बङ्गलादेशमा मार्चदेखि हालसम्म दादुरा सङ्क्रित ३११ बालबालिकाको मृत्यु

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।