अलपत्र परेका १२ कामदारको टोखा नगरपालिकाद्वारा उद्धार « Khabarhub

अलपत्र परेका १२ कामदारको टोखा नगरपालिकाद्वारा उद्धार


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका १२ कामदारको टोखा नगरपालिकाले उद्धार गरेको छ ।

दैनिक ज्यालादारी गर्ने सिलसिलामा दोलखाबाट फर्किएर गोगङ्बुमा अलपत्र भई बसेकालाई उद्धार गरिएको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार अन्यन्तै दयनीय अवस्थामा अलपत्र परेका कालीकोटका मजदूरलाई उद्धार गरिएको छ । मजदूरले आफू भोकै बसेको, ज्यालादारीबाट प्राप्त रकम बाटैमा सकिएको र घर जाने, खाने अवस्था नभएको समस्या देखाएका हुनाले उद्धार गरिएको प्रमुख अधिकारीले बताए ।

नगरपालिकाले गाडीको व्यवस्था गरी मजदूरलाई नगरपालिकामा अवस्थित तिलिङ्गटार स्कूलमा राखिनुका साथै आवश्यक स्वास्थ परीक्षण गरी लकडाउन अवधिसम्म खाना र बस्ने व्यवस्था मिलाएको छ ।

नगरपालिकामा कोही पनि भोको बस्नु नपर्ने दैनिक उपभोग्य वस्तु, औषधि, एम्बुलेन्सलगायतका आवश्यक सामग्रीका लागि जनप्रतिनिधि तयारी अवस्थामा राखेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : २५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका