उद्धारका लागि थाइल्याण्डमा रहेका नेपालीको माग « Khabarhub

उद्धारका लागि थाइल्याण्डमा रहेका नेपालीको माग


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न मुलुक पुगेका नेपालीहरुले आफूहरुलाई स्वदेश फर्काउन नेपाल सरकारलाई अपिल गर्दै आएका छन् ।

खाडी मुलुकमा पुगेका नेपाली श्रमिकहरुको अवस्था दयनीय बन्दै गएको छ । उनीहरु नेपाल फर्कनका लागि दैनिक दुतावास पुग्ने गरेका छन् । दूतावासले फर्काउने आश्वासन बाहेक अरु केही गर्न सकेको छैन । नेपाल सरकारले पनि चाँडै विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने तयारी गरेको जनाए पनि स्वदेश ल्याउन सकेको छैन ।

अध्ययनका शिलशिलामा बंगलादेश पुगेका नेपाली विद्यार्थीहरुको अवस्था विचल्ली छ । थाइल्यण्डमा रहेका नेपाली विद्यार्थीको गुहार पनि उस्तै छ ।

हालै थाइल्याण्डमा रहेका नेपाली विद्यार्थीहरुले दुतावास पुगरे आफूहरुलाई नेपाल फर्काउन आग्रह गरे । उनीहरुले आफूहरुलाई जतिसक्दो चाँडो नेपाल फर्काउन माग गर्दै आएका छन् ।

थाइल्याण्डस्थित नेपाली राजदूतावासको तथ्याङ्कअनुसार यहाँ २ हजार ५ सय ८९ जना नेपाली छन् । यीमध्ये ११ सय विद्यार्थी छन् । अहिलेसम्म कसैमा पनि कोभिड–१९ को संक्रमण पाइएको छैन ।

तर, काम बन्द हुँदा सानोतिनो व्यवसाय गर्दै आएका नेपाली व्यवसायी र विद्यार्थी समस्यामा परेका छन्  । समस्यामा परेका नेपालीले राजदूतावासलाई गुहारे पनि सहयोग पाएका छैनन् ।

‘नेपालमा सरकारले जुनसुकै नियम पालना गर भने हामी तयार छौं, अहिलेसम्म हामी कोरोना संक्रमित भएका छैनौं, सरकारले चाँडो उद्धार गरोस् ।’, उनीहरु भन्छन्- ‘नेपाल सरकारले चाटर्ड फ्लाइटको अनुमति दिए पैसा हामी आफैं तिर्न तयार छौं ।’

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : २१ बजे

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार