उद्धारका लागि थाइल्याण्डमा रहेका नेपालीको माग « Khabarhub

उद्धारका लागि थाइल्याण्डमा रहेका नेपालीको माग


४ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न मुलुक पुगेका नेपालीहरुले आफूहरुलाई स्वदेश फर्काउन नेपाल सरकारलाई अपिल गर्दै आएका छन् ।

खाडी मुलुकमा पुगेका नेपाली श्रमिकहरुको अवस्था दयनीय बन्दै गएको छ । उनीहरु नेपाल फर्कनका लागि दैनिक दुतावास पुग्ने गरेका छन् । दूतावासले फर्काउने आश्वासन बाहेक अरु केही गर्न सकेको छैन । नेपाल सरकारले पनि चाँडै विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने तयारी गरेको जनाए पनि स्वदेश ल्याउन सकेको छैन ।

अध्ययनका शिलशिलामा बंगलादेश पुगेका नेपाली विद्यार्थीहरुको अवस्था विचल्ली छ । थाइल्यण्डमा रहेका नेपाली विद्यार्थीको गुहार पनि उस्तै छ ।

हालै थाइल्याण्डमा रहेका नेपाली विद्यार्थीहरुले दुतावास पुगरे आफूहरुलाई नेपाल फर्काउन आग्रह गरे । उनीहरुले आफूहरुलाई जतिसक्दो चाँडो नेपाल फर्काउन माग गर्दै आएका छन् ।

थाइल्याण्डस्थित नेपाली राजदूतावासको तथ्याङ्कअनुसार यहाँ २ हजार ५ सय ८९ जना नेपाली छन् । यीमध्ये ११ सय विद्यार्थी छन् । अहिलेसम्म कसैमा पनि कोभिड–१९ को संक्रमण पाइएको छैन ।

तर, काम बन्द हुँदा सानोतिनो व्यवसाय गर्दै आएका नेपाली व्यवसायी र विद्यार्थी समस्यामा परेका छन्  । समस्यामा परेका नेपालीले राजदूतावासलाई गुहारे पनि सहयोग पाएका छैनन् ।

‘नेपालमा सरकारले जुनसुकै नियम पालना गर भने हामी तयार छौं, अहिलेसम्म हामी कोरोना संक्रमित भएका छैनौं, सरकारले चाँडो उद्धार गरोस् ।’, उनीहरु भन्छन्- ‘नेपाल सरकारले चाटर्ड फ्लाइटको अनुमति दिए पैसा हामी आफैं तिर्न तयार छौं ।’

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ९ : २१ बजे

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड