मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने तयारी « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने तयारी


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ ।

शनिबार कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि र संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनलाई निरन्तरता दिने तयारी गरिएको हो ।

यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको बैठकमा सीमानाकामा अझ कडाइ गरिने तथा प्रभावित क्षेत्रका आधारमा लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

भारतमा लकडाउन खुकुलो बनाइएकाले सीमानामा नेपालीहरू आएर अलपत्र परिरहेको सन्दर्भमा उक्त विषयमा पनि आवश्यक निर्णय हुन सक्ने बताइएको छ ।

संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत आइसकेको परिप्रेक्षमा प्रवासमा रहेका नेपालीहरु पनि ल्याउने विषय छलफलको एजेण्डा हुन सक्ने ती मन्त्रीले बताएका छन् ।

सरकारले नेपालमा दोस्रा संक्रमित देखिएपछि गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउनपछि पनि नेपालमा कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

लकडाउन सुरू भएको ५५ औं दिनमा अरू २८९ जना संक्रमित थपिएर २९१ जना पुगेका छन् । यसअघि वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले केही खुकुलो प्रावधानसहित ११ दिनका लागि लकडाउन थपेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : ३९ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००