२८ वर्षका पाकिस्तानी डाक्टरलाई अमेरिकी अदालतले गर्‍यो आतंकवादी ठहर « Khabarhub

२८ वर्षका पाकिस्तानी डाक्टरलाई अमेरिकी अदालतले गर्‍यो आतंकवादी ठहर


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङटन-अमेरिकी अदालतले एक पाकिस्तानी डाक्टरलाई आतंकवादमा सहभागी भएको भन्दै दोषी ठहर गरेको छ ।

मुहम्मद मसूद आइएसआइएसको सम्पर्कमा रहेको र अमेरिकामा आक्रमण गर्न चाहेको अदालतले ठहर गरेको हो ।

मिनियापोलिस सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलबाट मार्च १९ मा मसूदलाई गिरफ्तार गरिएको थियो । १९ मार्चमा मसूद रचेस्टरबाट मिनियापोलिसको सेन्ट पल विकानस्थल पुगेका थिए त्यहाँबाट लस एन्जल्स जान लागेका बेला विमानस्थलमा एफबीआइको ज्वाइन्ट टेरोरिजम टास्क फोर्सले पक्राउ गरेको थियो

उनी एच वन बी भिसामा अमेरिका गएका थिए । उनी रचेस्टरको एक मेडिकल क्लिनिकमा रिसर्च कोअर्डिनेटरको रुपमा कार्यरत थिए ।

अदालतमा पेश गरिएका दस्तावेजका अनुसार मसूदले जनवरीदेखि मार्चसम्म कैयौं पटक आइएसआइएस आतंकवादीहरुसँग कुरा गरेको खुलेको छ । उनी सिरिया गएर आतंकवादी संगठनको लागि लड्ने इच्छा देखाएको समेत खुलेको छ ।

मसूदले २१ फेब्रुअरीका लागि शिकागोबाट अम्मानको लागि हवाइ टिकट किनेका थिए । त्यहाँबाट उनी सिरिया जान चाहन्थे । तर जोर्डनले कोरोनाभाइरसका कारण अन्य देशबाट आउने उडान बन्द गरेपछि उनको योजना विफल भएको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : ४७ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील