कोरोना भाइरस : विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार संक्रमित


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । संयुक्त अरब इमिरेट्स (युएइ)मा नौ, साउदी अरबमा दुई तथा आयरयाण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन र नेपालमा एकएक जनाको मृत्यु भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।

कोरोना भाइरसका कारणले यो साता मात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेमा बेलायत १२, युएई तीन, साउदी अरब दुई र नेपाल एक रहेको एनआरएन स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर छ हजार ७८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ ।

अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ । अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको कोडिभ –१९, उच्चस्तरीय समिति एनआरएनका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । डा सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन् । उनले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सककहाँ वा संघको स्वास्थ्य सेवा हटलाइनमा सम्पर्क गर्न आह्वान गरेका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २२१, बहराइनमा ३११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१, साउदी अरबमा ६७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेन र क्यानडामा १३–१३, अष्ट्रेलियामा १२, जापान र माल्दिभ्समा १०–१०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्गकंङ्ग र पोल्याण्डमा दुईदुई तथा म्यान्मा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १० : ०४ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक