आज कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० जना भारतबाट आएको खुल्यो « Khabarhub

आज कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० जना भारतबाट आएको खुल्यो


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार विहान कोरोना भाइरसको संक्रमण पुष्टि भएका रौतहटका १० जना नै भारतबाट केही दिन अघि नेपाल प्रवेश गरेको खुलेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार बिहान थप १० जनामा सङ्क्रमण पुष्टि गर्दै ती सबै रौतहट जिल्लाका भएको जनाएको थियो ।

राजपुर नगरपालिकाका नगरप्रमुख मोहम्मद सकिलका अनुसार उनीहरु भारतबाट नेपाल आएका हुन् ।

‘जहाँ छौँ त्यही बस’ भन्दा नमानेर धमाधम भारतबाट नेपाल आइरहेको उनले बताए । जसका कारण नेपालमा थप समस्या उत्पन्न भएको उनले जानकारी दिए । उनीहरु मुम्बईबाट केही दिनअघि गाउँ आएको उनले बताए ।

सुरक्षा समिति रौतहटका एक अधिकारीका अनुसार १० जना नै वैशाख ३१ गते रौतहट पसेपछि उनीहरुलाई राजपुर, फरहदवा र इशनापुर नगरपालिकाको छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो।

जेठ २ गते पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी सुरक्षाकर्मीको गाडीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा आइतबार  उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए।

‘रेल र पैदल यात्रा गरी उनीहरु मुम्बईबाट विहारको मोतिहारी जिल्लाको चैनपुर बजार हुँदै रौतहट पसेका थिए,’ उनले भने, ‘उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो। थप कुरा बुझ्ने काम भइरहेको छ, चाडै उनीहरुलाई वीरगंजस्थित आइसोलेसन वार्डमा पठाउने सल्लाह भइरहेको छ।’

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १० : १८ बजे

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था