अमेरिकाका पूर्वराष्ट्रपति ओबामाले भने- ट्रम्प प्रशासन विध्वंशतिर उन्मुख भयो « Khabarhub

अमेरिकाका पूर्वराष्ट्रपति ओबामाले भने- ट्रम्प प्रशासन विध्वंशतिर उन्मुख भयो


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ट्रम्प प्रशासनको काम–कारबाहीप्रति अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कडा आलोचना गरेका छन् । कोभिड–१९ को महामारीसँग जुध्नका लागि सरकारले केही पर्याप्त काम नगरेको उनको आरोप छ ।

अश्वेत विद्यार्थीको दीक्षान्त समारोहलाई अनलाइनमार्फत सम्बोधन गर्दै उनले श्वेत व्यक्तिको तुलनामा अश्वेत समुदायमा कोरोनाको भयानक असर परिरहेको उल्लेख गरेका छन् । ओबामाले कोरोना संकटले अमेरिकी स्वास्थ्य व्यवस्थामा जातीय असमानता उजागर गरेको बताएका छन् ।

ओबामाले अहमद आर्बरीको हत्याको विषयमा उनको नाम नलिइकनै रोष व्यक्त गरे । २३ फेब्रुअरीमा जर्जियामा जगिङ गर्न जाँदा २५ वर्षका युवकको गोली हानी हत्या गरिएको थियो ।

उनले कोरोनाभाइरसबाट फैलिएको महामारीसँग ट्रम्प प्रशासन जुध्न नसकेको बरु त्यो विध्वंशतिर उन्मुख भएको बताएका छन् ।

अमेरिकामा कोरोनाभाइरसका १५ लाख ७ हजार बढी संक्रमित छन् र मृतकको संख्या साढे ९० हजार नाघेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १२ : २२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित