सरकारको नीति कार्यक्रममाथि पाँच संशोधन प्रस्ताव प्रस्तुत « Khabarhub

सरकारको नीति कार्यक्रममाथि पाँच संशोधन प्रस्ताव प्रस्तुत


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदामा प्रतिनिधिसभामा एकल र संयुक्तरूपमा गरी पाँच संशोधनका सूचना पेश भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार नेपाल सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।

सो नीति तथा कार्यक्रममा नेपाली काँग्रेस सांसद डा मिनेन्द्र रिजालले संशोधन प्रस्ताव प्रस्तुत गर्दै स्थिरता र स्थायित्वका लागि नीति तथा कार्यक्रममा सञ्चारजगत्लाई मर्यादित र अनुशासन बनाउने उल्लेख भएको भन्दै पहिले सरकार आफू मर्यादित र अनुशासित हुनुपर्नेमा जोड दिए । साथै उनले इतिहासकै कठिन चुनौतीमा रहेको वर्तमान अवस्थामा उत्पन्न हुने आर्थिक सङ्कटलाई सम्बोधन गर्ने ठोस कार्यक्रम नीतिमा नभएको धारणा व्यक्त गर्दै अप्ठ्यारोमा परेका जनतालाई तत्कालको समस्या समाधानका लागि आवश्यक कार्यक्रम ल्याउन आग्रह गरे ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीको तर्फबाट संयुक्त संशोधन प्रस्ताव प्रस्तुत गर्दै लक्ष्मणलाल कर्णले कृषि, उद्योग, पर्यटन, श्रमलगायत सबै क्षेत्रलाई तत्काल राहतको आवश्यकता रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रममा कृषि प्राथमिकतामा नपरेको भन्दै संविधान संशोधन र सबैका अधिकार सुनिश्चित गर्न र लाल आयोगको प्रतिवेदन प्रकाशन गर्न मााग गरे । उनले प्रदेश नं २ र कर्णाली प्रदेशका लागि विकास तथा समृद्धि गर्न एउटै कार्यक्रम ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

अर्का संशोधन प्रस्तावकर्ता प्रेम सुवालले समाजवाद उन्मुख लेखेर मात्रै नहुने भन्दै त्यसका लागि उत्पादनका मुख्य साधनलाई सामाजीकरण गरी व्यक्तिलाई होइन समग्र जनतालाई अवसर दिनुपर्नेमा जोड दिए ।

संशोधन प्रस्तावकर्ता सरिता गिरीले नीति कार्यक्रम परम्परागत र औपचरिकतामा सीमित भएको आरोप लगाउँदै कोरोनाबाट परेको प्रभाव र जनतालाई राहतका बारेमा खासै सम्बोधन नगरेको टिप्पणी गरिन ।

संशोधन प्रस्तावकर्ता दुर्गा पौडेलले नीति तथा कार्यक्रममा समाजवाद उन्मुखका लागि ठोस कार्यक्रम नभएको भन्दै अहिलेको अवस्थामा विकेन्द्रित र सन्तुलनको नीति अपनाउनुपर्ने आवश्यकता औँल्याइन ।

बैठकमा यसअघि प्रधानमन्त्रीको तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘सम्माननीय राष्ट्रपति महोदयले यही जेठ २ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७७/७८ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ३ : ४० बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्