इजरायलस्थित चिनियाँ राजदूत ‘घरभित्रै मृत अवस्थामा’ फेला « Khabarhub

इजरायलस्थित चिनियाँ राजदूत ‘घरभित्रै मृत अवस्थामा’ फेला


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलस्थित चिनियाँ राजदूत दु वेइ राजधानी तेल अभिभको हेर्जलिया उपनगरमा रहेको आफ्नै आवासगृहमा मृत अवस्थामा भेटिएका छन् ।

५८ वर्षीय उनी आफ्नै ओछ्यानमा मृत भेटिएको तर मृत्युको कारण नखुलेको इजरायलका सञ्चार माध्यमहरूले जनाएका छन्।

युक्रेनमा चिनियाँ दूतको रूपमा काम गरेका उनी गत फेब्रुअरी महिनामा राजदूत नियुक्त भएका थिए। उनी विवाहित थिए र उनका एकजना छोरा पनि छन्। तर उनको परिवार इजरायलमा नरहेको बताइएको छ । चीनले उनको मृत्युको पुष्टि गरेको छैन।

इजरायल प्रहरीका एकजना प्रवक्ताले समाचार संस्था रोयटर्सलाई भने, “नियमित प्रक्रियाअनुसार प्रहरी टोली घटनास्थलमा छन्।”

इलरेलको च्यानल १२ टीभीले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै उनको मृत्यु प्राकृतिक कारणहरूले गर्दा भएको प्रारम्भिक सङ्केतले देखाएको उल्लेख गरेको छ।

उनको नियुक्ति लगत्तै राजदूतावासको वेबसाइटमा सार्वजनिक गरिएको सन्देशमा राजदूत दुले ‘विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र इजरायलबीचको सम्बन्धको’ प्रशंसा गरेका थिए।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ४ : २४ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल