लकडाउनलाई निरन्तरता दिन उच्चस्तरीय समितिको सिफारिस | Khabarhub Khabarhub

लकडाउनलाई निरन्तरता दिन उच्चस्तरीय समितिको सिफारिस


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे मन्त्रिपरिषद बैठकेल  थप निर्णय गर्नेछ ।

समितिको बैठकले  कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्दै जेष्ठ ५ गतेपछि पनि निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले अहिलेसम्मको लकडाउनले कोरोना संक्रमितको संख्यालाई नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै यसलाई निरन्तरता दिनुपर्ने निर्णयमा पुगेको हो ।

बैठकले प्रदेश र स्थानीय तहमा रहेका क्वारेन्टााइनलाई मापदण्ड अनुसारको बनाउन आवश्यक परे केन्द्रबाट आर्थिक लगायतको सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै लकडाउनलाई थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने र आपूर्ति व्यवस्थालाइ अझै सहज बनाउन पहल गर्ने निर्णय गरेको समितिका प्रवक्ता एवं मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

बैठकमा सहभागी सवैले लकडाउन लम्ब्याउन सुझाव दिएका थिए । अहिलेको अवस्थामा लकडाउनले नागरिकको जीवन रक्षा गर्न मद्धत पुगेको बैठकले ठहर गरेको छ । सरकारले पछिल्लो समय थप गरेको लकडाउनको अवधि सोमबार सकिँदैछ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : ०३ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र