लकडाउनलाई निरन्तरता दिन उच्चस्तरीय समितिको सिफारिस « Khabarhub

लकडाउनलाई निरन्तरता दिन उच्चस्तरीय समितिको सिफारिस


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे मन्त्रिपरिषद बैठकेल  थप निर्णय गर्नेछ ।

समितिको बैठकले  कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्दै जेष्ठ ५ गतेपछि पनि निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले अहिलेसम्मको लकडाउनले कोरोना संक्रमितको संख्यालाई नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै यसलाई निरन्तरता दिनुपर्ने निर्णयमा पुगेको हो ।

बैठकले प्रदेश र स्थानीय तहमा रहेका क्वारेन्टााइनलाई मापदण्ड अनुसारको बनाउन आवश्यक परे केन्द्रबाट आर्थिक लगायतको सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै लकडाउनलाई थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने र आपूर्ति व्यवस्थालाइ अझै सहज बनाउन पहल गर्ने निर्णय गरेको समितिका प्रवक्ता एवं मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

बैठकमा सहभागी सवैले लकडाउन लम्ब्याउन सुझाव दिएका थिए । अहिलेको अवस्थामा लकडाउनले नागरिकको जीवन रक्षा गर्न मद्धत पुगेको बैठकले ठहर गरेको छ । सरकारले पछिल्लो समय थप गरेको लकडाउनको अवधि सोमबार सकिँदैछ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : ०३ बजे

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७

करेन्ट लागेका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार क्षतिपूर्ति

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा