लकडाउनमा सैनिक पोशाक लगाएर ओहोर-दोहोर गर्ने युवा पक्राउ « Khabarhub

लकडाउनमा सैनिक पोशाक लगाएर ओहोर-दोहोर गर्ने युवा पक्राउ


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनको समयमा सैनिक पोशाक लगाएर ओहोर-दोहोर गर्ने गैह्र सैनिक एक युवा पक्राउ परेका छन् ।

सेनाको पोशाक लगाएर मोटरसाइकल चलाउँदै गरेका बाँसबारी बस्ने २९ वर्षीय सुशील खड्कालाई सेनाले पक्राउ गरेको हो ।

बाँसबारीमा राजु कोल्डस्टोर नामको होटलका सञ्चालक खड्कालाई सैनिक प्रहरीले महाराजगन्जबाट नियन्त्रणमा लिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

प्रहरीले चेक नगरोस् भनेर खड्काले सधैँ सैनिक पोशाक लगाएर आवतजावत गर्दै आएको खुलेको पाण्डेले बताए।

प्रवक्ता पाण्डेका अनुसार, लकडाउनका समयमा सैनिक पोशाक लगाएका व्यक्तिले चलाएका सवारी साधनको ओहोरदोहोर बाक्लो देखिएको भन्ने गुनासो प्राप्त भएपछि सैनिक मुख्यालय जङ्गी अड्डाले जाँच गर्न उपत्यका चार स्थानमा सैनिक जवान समेत खटाएको हो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : २७ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले