अक्टुबरभित्र कोरोनाको भ्याक्सिन बजारमा ! « Khabarhub

अक्टुबरभित्र कोरोनाको भ्याक्सिन बजारमा !


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतको औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले अबको ४ महिनाभित्र कोरोनाको भ्याक्सिन बजार उपलब्ध हुन सक्ने जनाएको छ ।

एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पाकस्ताल सोरोइटले अक्टुबरबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा आउन सक्ने दाबी गरेका हुन् ।

मंगलबार बेल्जियम रेडियोसँगको कुराकानीमा सोरोइटले तेस्रो चरणको ट्रायल सुरु भइसकेको भ्याक्सिन अक्टुबरबाट बजारमा आउने जानकारी दिएका हुन् ।

प्रायः तेस्रो चरणको ट्रायल क्लिनिकल विकासको अन्तिम चरण हुनेगर्छ र यसक्रममा सुरक्षा र प्रभावकारिता जाँच्नका लागि हजारौं मानिसलाई भ्याक्सिन दिइन्छ ।

उक्त भ्याक्सिनले करिव एक वर्षका लागि कोरोनाको संक्रमणबाट रक्षा गर्ने उनले बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन उत्पादनका लागि एस्ट्राजेनेकाले बेलायत सरकारसँग सहकार्य गरिरहेको छ ।

मानिसमा यस भ्याक्सिनको परीक्षण जारी रहेका बेला एस्ट्रोजोनले विश्वभर २ बिलियन डोज उपलब्ध गराउने गरी बेलायत सरकारसँग सम्झौता गरिसकेको छ ।

एजेटडी–१२२२ नाम दिइएको अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन चिम्पान्जीलाई संक्रमित गर्ने रुघाखोकीको कमजोर भर्सनमा आधारित छ । यसमा सार्स–कोभ २ को स्पाइक प्रोटिनको जेनेटिकल मेटेरियल पनि समावेश छ ।

बेलायत सरकारले कोरोना भाइरसकै भ्याक्सिन विकास गरिरहेको लन्डन इपेरियल कलेजलाई पनि ४१ मिलियन पाउन्ड सहयोग गरिसकेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ५ : ३० बजे

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको