फुटबलका गतिविधि सञ्चालन गर्ने एन्फाको निर्णयले खेलाडी उत्साहित « Khabarhub

फुटबलका गतिविधि सञ्चालन गर्ने एन्फाको निर्णयले खेलाडी उत्साहित


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को महिनाबाट फुटबलका गतिविधि सञ्चालन गर्ने निर्णय गरेसँगै खेलाडीहरु उत्साहित बनेका छन् ।

कोरोना भाइरसको महामारीका कारण स्थगित फुटबलका गतिविध पुनः सुचारु गरिने एन्फाले जनाएसँगै खेलाडीहरु खुशी बनेका हुन् ।

एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट दोस्रो चरणका खेलको अभ्यास अर्को महिनादेखि शुरु गर्ने जानकारी दिएको हो ।

एन्फाको मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले विश्वकप छनोटका खेल सुचारु गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप), स्वास्थ्य मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने जनाएको छ ।

यसैगरी एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) को निर्देशिका अनुसार अभ्यास सुरु गर्न सरकारसँग आग्रह गर्ने जनाएको छ ।

एन्फाले छिट्टै सम्बन्धित निकायको स्वीकृतीका लागि पत्राचार गर्न भएको छ । फिफा विश्वकप अन्तरगतका खेल अक्टोबर ८ बाट नेपालमा हुने तय छन् ।

एन्फाको यो निर्णयले खेलाडीहरुमा आशा पलाएको राष्ट्रिय टोलीका अनुभवी खेलाडी विक्रम लामाले बताए ।

‘एन्फाको यो निर्णयलाई स्वागत गर्नुपर्छ । यो खुसीको कुरा हो । लामो समय घरमा बस्दा शारीरीकसँगसँगै मानसिक समस्या पनि बढ्ने अवस्था समेत सिर्जना भएको थियो,’ लामाले खबरहबसँग भने, ‘बढ्दो लकडाउनले समस्यामा परेका खेलाडीका लागि पनि एन्फाको निर्णयले राहत मिल्ने विश्वास लिएको छु । अब केही हुन्छ भन्ने आशा भयो ।’

राष्ट्रिय टोलीको अभ्यास सुरु गर्ने तयारी गरेको एन्फाले घरेलु फुटबल बारे भने कुनै निर्णय गरेको छैन । राष्ट्रिय टोलीका एक खेलाडीले एन्फाले राष्ट्रिय टोलीको अभ्यासमात्रै भन्दा पनि नेपाली फुटबल सुचारु गर्ने बारे सोच्नुपर्ने समय आएको बताएका छन् ।

‘हामी खेलाडी लकडाउन लम्बिँदै गएपछि आर्थिक समस्यामा पर्दै गएका छौं । फुटबल शुरु गर्ने तर राष्ट्रिय टोलीको अभ्यासमात्रै भएर हुँदैन नेपालकै फुटबल शुरु गर्ने तयारी गर्नु पर्छ,’ ती खेलाडीले भने ।

विश्वकप छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो ।

छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : ३५ बजे

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली

कोशी टापु आरक्षणमा जंगली अर्ना (तस्बिरहरू)

काठमाडौँ– कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा

इजरायली आक्रमणबाट लेबनानमा ३९ जनाको मृत्यु

काठमाडौँ– इजरायलले लेबनानका विभिन्न ठाउँमा गरेको भीषण हवाई आक्रमणमा कम्तिमा

म्याग्दीको गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल