त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो सामान विमानबाट झारेर ब्यागेज बेल्टसम्म ल्याउने प्रक्रियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) आगमन कक्षमै हेर्न पाउने भएका छन्।

ब्यागेज व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा ब्यागेज ड्रप एरियाको लाइभ फिड उपलब्ध गराइएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले विमानबाट सामान झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने अवस्थाबारे प्रत्यक्ष जानकारी पाउन सक्नेछन्।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न कति समय लाग्छ भन्नेबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन। सामानको प्रतीक्षामा यात्रुहरू अन्योलमा पर्ने र पर्याप्त सूचना नहुँदा असहजता हुने गरेको थियो।

नयाँ व्यवस्थाले सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विमानस्थलको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोग र यात्रु सुविधालाई प्राथमिकता दिँदै यो व्यवस्था लागू गरिएको हो। यसबाट ब्यागेज व्यवस्थापनमा पारदर्शिता बढ्नुका साथै यात्रुको प्रतीक्षा अनुभव सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १० : २७ बजे

लेक लाग्ने समस्या व्यवस्थापन गर्न सरकारले ल्यायो नयाँ मापदण्ड

काठमाडौँ – उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको

सुनको मूल्य ५ हजार ९०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ – स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

बनेपा– तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा

युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्र संकटमा पर्छ : उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो सामान विमानबाट झारेर