विश्वभर १ करोड ३९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १ करोड ३९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ३९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार १९२ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ९१ हजार ९५७ पुगेको छ ।

एकै दिन २ लाख ३७ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । शुक्रबार यो समाचार तयार पार्दासम्म निको भएका ८२ लाख ६८ हजार ४६९ जनामध्ये २ लाख ३७ हजार १२७ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार १६३ जनाको मृत्यु भएको छ । २६ लाख २८ हजार ७९५ जना संक्रमित भएकोमा १५ लाख ५८ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९१ हजार ६७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४३ लाख ६ हजार ६८९ पुगेको छ । त्यसमध्ये २० लाख २१ हजार २०२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७५ हजार २०१ जनाको मृत्यु भएको छ । ३१ लाख ९४ हजार ३९२ जना संक्रमित भएकोमा २२ लाख ५२ हजार ६२२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १२ हजार २४५ जनाको मृत्यु भएको छ । ३१ लाख १३ हजार ९९६ जना संक्रमित भएकोमा २० लाख ७५ हजार ८७७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १४ हजार ३९९ जनाको ज्यान गएको छ भने ६ लाख ६७ हजार १४९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ४६ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३५ जनाको मृत्यु भएको छ । १२ हजार ४७९ जना संक्रमित भएकोमा ९ हजार ६४१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ५७ बजे

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा