उपाधिबाट चुकेपछि मेस्सीले भने – टीममा सुधार आवश्यक « Khabarhub

उपाधिबाट चुकेपछि मेस्सीले भने – टीममा सुधार आवश्यक


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको उपाधिबाट चुकेपछि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आलोचनात्मक रुपमा प्रस्तुत भएका छन् । मेस्सीले क्लबलाई नयाँ उचाई दिन सुधार गर्नु पर्ने ठाउँ धेरै रहेको बताए ।

शुक्रबार बिहान ओसासुनेसँगको पराजय पछि मेस्सी खुलेर बोलेका हुन् । उनले यो सिजनको अन्त्य यसरी हुन्छ भन्ने आफुले अपेक्षा समेत नगरेको बताए ।

बार्सिलोना ओसासुनेसँग घरेलु मैदानमै २–१ ले पराजित हुँदा रियल मड्रिडले भाल्लारियललाई २–१ हराउँदै यो सिजनको उपाधि उचाल्यो ।

बार्सिलोनाको लिगको अन्त्यतिर तुलनात्मक रुपमा आफुभन्दा कमजोर टोलीहरुसँग हार्दा लिग उपाधिबाट एक खेल बाँकी हुँदै टाढियो ।

६ पटकका वालोन डिअर विजेता मेस्सीले च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेगमा नापोलिसँगको खेलमा समेत आशंका व्यक्त गरेका छन् । पहिलो लेगमा बार्सिलोनाले नापोलिसँग १–१ गोल बराबरी खेलेको थियो ।

‘हामीले यो सिजनको अन्त्य यसरी हुन्छ भन्ने सोचेका थिएनौं तर, यसैगरि सम्पन्न भएको छ,’ मेस्सीले भनेका छन्, ‘हामीले कमजोर खेल्यौं, कमजोर इच्छाशक्तिका साथ खेल्यौं र आजको खेलले हाम्रो यो सिजनको शारांश बताउँछ ।’

मेस्सीले अगाडि भनेका छन्, ‘हाम्रो आफ्नै क्राइटएरिया छन् । खेलाडीबाट सुरु हुन्छ विश्वभरबाट हामीले आलोचना सहनु पर्छ । हामी बार्सिलोना हौं । हामीले सबै जित्नु पर्छ । हामीले मड्रिडलाई हेर्दैनौं । रियल मड्रिडले राम्रो खेल्यो र हामीले उसलाई धेरै अंक सहयोग गर्यौ।’

च्याम्पियन्स लिगमा अहिलेको खेलमा सुधार गर्न सकिएन भने हार निश्चित रहेको मेस्सीले बताएका छन् ।

‘यदि हामीले च्याम्पियन्स लिग जित्ने हो भने हामीले धेरै कुरा परिवर्तन गर्न जरुरी छ । यदि हामीले यहिँ खेललाई निरन्तरता दियौं भने हामीले नापोलिसँगको खेल गुमाउनु पर्नेछ,’ मेस्सीले भने ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १२ : ४६ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ