कालीगण्डकीमा एक युवक मृत फेला « Khabarhub

कालीगण्डकीमा एक युवक मृत फेला


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – बाग्लुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी गत असार ३० गते पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ की दिदीका घरबाट जैमिनी हिँडेपछि सम्पर्कविहीन भएकामा आज कालीगण्डकी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

शव प्रहरीले परीक्षणका लागि धौलागिरि अस्पतालमा राखिएको छ । दिदीका घरबाट कालीगण्डकी तरेर जैमिनीतर्फ जाने क्रममा ठूलो पानी परेका कारण चिप्लिएर नदीमा खसेको हुन सक्ने प्रहरीको जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : ४१ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र