रियलमी ६ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता « Khabarhub

रियलमी ६ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन रियलमी ६ सार्वजनिक गरेको छ । रियलमी सिक्स ६.५ इन्च एलसीडी स्क्रीन डिस्प्लेको साथमा उपलब्ध भएको छ ।

फुल एचडी प्लस रिसोलुसन भएको रियलमी सिक्समा मिडिया टेकको हेलियो जी ९० टी चिपसेट प्रयोग गरिएको छ । यसमा अक्टा कोरको सीपीयु प्रयोग गरिएको छ भने एआरएम जी ७६ जीपीयु रहेको छ ।

यो फोन ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेजको साथमा नेपालमा उपलब्ध भएको छ । एन्ड्रोइड टेन अपरेटिङ सिस्टम आधारित रहेको यसमा रियलमी युआई राखिएको छ ।

यसमा क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा प्राइमरी क्यामेरा ६४ मेगापिक्सेलको रहेको छ । भने १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

फिङ्गरप्रिन्टको सुविधा रहेको यस फोनमा ३.५ एमएम अडियो ज्याक, टाइप सी पोर्ट, बुलुटुथ लगायत सुविधा छन् । यसमा ४३०० एमएएचको ब्याट्री उपलब्ध रहेको छ । नेपाली बजारमा रियलमी सिक्सको मूल्य ३२ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ४ : ५३ बजे

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल