बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त « Khabarhub

बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाले मुख्य प्रशिक्षक क्विकी सेटिनलाई बर्खास्त गरेको छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यनसँग लज्जास्पद हार व्यहोरेसँगै क्लबले सेटिनलाई बर्खास्त गरेको हो।

शनिबार बिहान भएको खेलमा बार्सिलोना जर्मन क्लब बार्यन म्युनिखसँग ८-२ गोल अन्तरले पराजित भएको थियो।

लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले यो स्तरको नतिजा व्यहोर्ने अपेक्षा धेरै कमले गरेका थिए। तर, अनपेक्षित हारसँगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरनु पर्दा क्लबको पहिलो कडा कदमका सिकार प्रशिक्षक सेटिन बनेका छन्।

यो वर्ष ला लिगामा समेत उपाधि हात पार्न नसकेको बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरीए लगत्तै क्लबका अध्यक्षले हप्ता दिनमा केही निर्णय हुने बताएका थिए।

सन् २०१९ को जनवरीमा अर्नेष्टो भालभार्देको स्थान लिएका सेटिनले क्लबका लागि राम्रो गर्न नसक्दा बर्खास्तीमा परेका हुन्।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : ३८ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको