नेकपाको सचिवालय बैठक जारी, कार्यदलले कार्यादेश पाउने « Khabarhub

नेकपाको सचिवालय बैठक जारी, कार्यदलले कार्यादेश पाउने


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि जारी बैठकले पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यादेश दिनेछ ।

बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता दिने र कार्यादेश दिइनेबाहेकका अन्य विषयमा पनि छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलबाट पार्टीको विवाद मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

त्यस्तै बैठकमा सरकारको समीक्षा गर्दै मन्त्रिपरिषद् पुनर्गठनको विषयमा समेत छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ओलीले प्रधानमन्त्री भइसकेकाबाहेकका सचिवालयमा रहेका नेतालाई समेट्ने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयलाई छलफलमा ल्याउने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्रीसहितको मन्त्रालय दिन कानूनी परामर्श लिएको बताइएको छ । त्यस्तै ओली, प्रचण्ड र नेता नेपाल तीनै वटा गुटका तर्फबाट बराबरी मन्त्री बनाउने तयारी रहेको पनि बालुवाटार स्रोतले जनाएको छ ।

अब प्रधानमन्त्री ओलीले नेपाल समूहबाट सुरेन्द्र पाण्डे, भीम रावल तथा प्रचण्ड पक्षका जर्नादन शर्मा, पम्फा भूषाल र प्रभु साहलाई मन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १० : ११ बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको