अमेरिकाको सिन्सिनाटीमा गोली चल्दा चार जनाको मृत्यु « Khabarhub

अमेरिकाको सिन्सिनाटीमा गोली चल्दा चार जनाको मृत्यु


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार आइतबार राति १२.३० बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो । शहरका अन्य भागमा गोली लागेका अरु तीन जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्थानीय संचारमाध्यहरुले आपराधिक गिरोहबाट भएका यी घटनाहरु शहरका अलग अलग ठाउँमा भए पनि निकै डरलाग्दो देखिएको बताएका छन् ।

सहायक प्रहरी प्रमुख पल नुडिगेटले उक्त घटनाहरुका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । सिन्सिनाटीका प्रहरी प्रमुखले हिंसा नियन्त्रणका लागि पर्याप्त सहयोग गर्न स्थानीयवासीसँग आग्रह गरे।

हिंसा नियन्त्रणमा हामी केही गर्न सक्दैनौं भनेर आमनागरिक चुप लागेर बस्न नहुने उनले बताए ।

प्रहरीले प्रभावित इलाकाहरुमा जनधनको सुरक्षाका लागि थप प्रहरी परिचालन गर्ने जनाएको छ । गैरकानुनी हातहतियार र शंकास्पद व्यक्तिका बारेमा निगरानी बढाउन प्रहरीले संघीय निकायहरुसँग आग्रह गरेको छ ।

सिन्सिनाटी नगरका मेयर जोन क्रान्लीले बन्दुकको भरमा हुने यस्ता हिंसाले निर्दोष आम मानिसको जीवन खतरामा पार्ने भएकाले नागरिक र प्रहरी दुबैले मिलेर हिंसाहरु नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १२ : २५ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि