बुबाको सम्झनामा सुगमको गीत (भिडियो) | Khabarhub Khabarhub

बुबाको सम्झनामा सुगमको गीत (भिडियो)


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सुगम पोखरेलले आफ्ना दिवंगत बुबाको सम्झनामा गीत सार्वजनिक गरेका छन् । उनले युट्युबमार्फत ‘बुबा हजुरको याद आउँछ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

बुबाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीत आफ्ना बुबालाई सुनाउन नपाएकोमा सुगमले दुःख व्यक्त गरेका छन् ।

सुगमका बाबु एकनाथ पोखरेलको गत साउन १० गते ८१ वर्षको उमेरमा निधन भएको थियो ।

सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत सुगम पोखरेलकै रहेको छ भने संगीत संयोजन सुजिल कर्माचार्यको छ ।

गीतमा बुबाको साथ र मायालाई वर्णन गरिएको छ । गीतमा परिवारले पाउने बुबाको मायालाई चित्रण गरिएको छ ।

गीतको भिडियोमा सुगमले आफै प्रस्तुति दिएका छन् भने उनका बुबाका भिडियो फुटेज पनि देख्न सकिन्छ । भिडियोलाई विकास मगरले सम्पादन र छायांकन गरेका हुन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  २ : ०६ बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ