ओली – देउवा भेटवार्ता : संवैधानिक निकायका रिक्त पदमा नियुक्तिबारे छलफल « Khabarhub

ओली – देउवा भेटवार्ता : संवैधानिक निकायका रिक्त पदमा नियुक्तिबारे छलफल


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति तथा मुख्य विपक्षी दलका नेता शेरबहादुर देउवाबीच संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा नियुक्तिका विषयमा छलफल भएको छ ।

बैठकपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली र देउवाबीच संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, सिन्धुपाल्चोक पहिरोले पुर्याएको क्षति र कोरोना भाइरसको महामारीबारे छलफल भएको उल्लेख छ ।

सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच सहमति नहुँदा १३ संवैधानिक निकायमध्ये १० वटामा ३९ पद खाली छन् । ओली र देउवाबीचको भेटवार्तासँगै ती पदमा नियुक्ति हुने अपेक्षा गरिएको छ ।

छलफलका क्रममा सभापति देउवाले सिन्धुपाल्चोकमा गएको पहिरोले भएको क्षतिसँगै कोरोनाका कारण देखिएको चुनौतीको सामना गर्ने सरकारी तयारीका बारेमा चासो राखेका थिए ।

‘कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको छ । बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन,’ देउवाले छलफलमा राखेको विषयलाई जानकारी दिदै जारी गरिएको विज्ञप्तिमा भनिएको छ,  ‘कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ ?’

सभापति देउवाले त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद समाधानमा पनि गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

ओलीसँगको छलफलमा देउवासँगै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी भएको जनाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  २ : ०० बजे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः निर्माण गरिँदै

काठमाडौं– गत २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा आगजनी

तस्बिरमा हेर्नुहोस्, पोखराको सुकुम्वासी बस्ती

काठमाडौं– केही समय अघि काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न

कङ्गोमा इबोला प्रकोप : दर्जनौँको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

कङ्गो– डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८०

विजय र अञ्जनाको कीर्तिमानी जोडीले थाल्यो अर्को फिल्मको सुटिङ

काठमाडौं – ऐतिहासिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को जोडी नायक विजय

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी – निर्वाचन र राजनीतिक संक्रमणसम्बन्धी प्रमुख विवाद समाधान हुन