ओली – देउवा भेटवार्ता : संवैधानिक निकायका रिक्त पदमा नियुक्तिबारे छलफल | Khabarhub Khabarhub

ओली – देउवा भेटवार्ता : संवैधानिक निकायका रिक्त पदमा नियुक्तिबारे छलफल


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति तथा मुख्य विपक्षी दलका नेता शेरबहादुर देउवाबीच संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा नियुक्तिका विषयमा छलफल भएको छ ।

बैठकपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली र देउवाबीच संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, सिन्धुपाल्चोक पहिरोले पुर्याएको क्षति र कोरोना भाइरसको महामारीबारे छलफल भएको उल्लेख छ ।

सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच सहमति नहुँदा १३ संवैधानिक निकायमध्ये १० वटामा ३९ पद खाली छन् । ओली र देउवाबीचको भेटवार्तासँगै ती पदमा नियुक्ति हुने अपेक्षा गरिएको छ ।

छलफलका क्रममा सभापति देउवाले सिन्धुपाल्चोकमा गएको पहिरोले भएको क्षतिसँगै कोरोनाका कारण देखिएको चुनौतीको सामना गर्ने सरकारी तयारीका बारेमा चासो राखेका थिए ।

‘कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको छ । बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन,’ देउवाले छलफलमा राखेको विषयलाई जानकारी दिदै जारी गरिएको विज्ञप्तिमा भनिएको छ,  ‘कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ ?’

सभापति देउवाले त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद समाधानमा पनि गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

ओलीसँगको छलफलमा देउवासँगै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी भएको जनाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  २ : ०० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र