टम क्रुजले स्टन्ट दिँदा बाइकमा लाग्यो आगो, ‘मिसन इम्पोसिबल ७’ को शूटिङ रोकियो « Khabarhub

टम क्रुजले स्टन्ट दिँदा बाइकमा लाग्यो आगो, ‘मिसन इम्पोसिबल ७’ को शूटिङ रोकियो


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – हलिउड स्टार टम क्रुजको आगामी फिल्म ‘मिसन इम्पोसिबल ७’ को छायांकन रोकिएको छ ।

टम क्रुजले एक स्टन्ट गरिरहेका थिए । उक्त स्टन्ट गर्ने क्रममा बाइक (मोटरसाइकल) मा आगो लागेको थियो ।

कोरोना भाइरसका कारण ढिलो र पुनः शूटिङ थालिएको यो फिल्मको इङ्ल्याण्डमा छायांकन भइरहेको थियो । छायांकनका बेला दुर्घटना भएपछि पुनः सबै काम रोकिएको छ ।

रिपोर्टका अनुसार, एक स्टन्टका दौरान बाइकमा आगो लाग्दा फिल्मको सेटमा पनि नोक्सान पुगेको छ । यो सेटलाई बनाउनलाई २० करोडभन्दा बढी लागत लागेको जनाइएको छ ।

फिल्मका शीर्ष कलाकार टम क्रुज दुर्घटनामा परे पनि घाइते हुनबाट जोगिएका छन् । बरु फिल्मको छायांकन समयमा हुन नपाएकोमा उनी चिन्तित छन् ।

खबरलाई मान्ने हो भने, एक एक्सन सिनका लागि फिल्मको क्रुले पोल्याण्डमा एक सय वर्ष पुरानो पुललाई ध्वस्त बनाउने योजना बनाएका छन् ।

यसअघि रिलिज भएका मिसन इम्पोसिबल सिरिजले दर्शकको मन जितेका छन् । ‘मिसन इम्पोसिबल ७’ भने सन् २०२१ को नोभेम्बरमा रिलिज गर्ने तयारी छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ४ : १८ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार