एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित हुँदै « Khabarhub

एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित हुँदै


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं. २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

बिहान ९ बजेदेखि दिउँसोसम्म रुजु र डमी कपी हेरेका सदस्यहरुले परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेका हुन् । अहिले बोर्डको बैठक चलिरहेको जनाइएको छ ।

बोर्डका एक सदस्यले बैठक जारी रहेकाले केहीबेरमा परीक्षाफल प्रकाशित हुने बताए ।

मन्त्री परिषद्को बैठकले यस वर्षको एसईई परीक्षा विद्यालयले दिएको मूल्याङ्कनका आधारमा गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्डले कार्यविधि तयार गरी परीक्षा प्रणाली शुरु गरेको थियो ।

गत असार २० गते विद्यालय र ३० गतेभित्र इकाईले अंक पठाउनुपर्ने गरी परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले निर्देशन जारी गरेको थियो ।

पनिकाले करीब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर परीक्षाफल प्रकाशन गर्न ‌लागेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ५ : ०२ बजे

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं – कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको