दक्षिण कोरियामा विदेशी कोभिड सङ्क्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने « Khabarhub

दक्षिण कोरियामा विदेशी कोभिड सङ्क्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल – विदेशबाट दक्षिण कोरिया भित्रिएका कोभिड–१९ सङ्क्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लङ्घन गर्ने विरामीले उपचार खर्च आफै व्यहोर्नुपर्ने भएको छ ।

कोरिया सरकारले सोमबारबाट लागु हुने गरी यो व्यवस्था गरेको हो ।

स्वास्थ्य अधिकारीहरूका अनुसार कोरियाले विदेशबाट आएका कोभिड–१९ सङ्क्रमित बिरामीहरूलाई उनीहरूको मेडिकल सेवाको लागत भुक्तान गर्न अनुरोध गर्नेछ ।

यही अगष्ट २४ देखि देशले कूटनीतिक सम्बन्धमा पारस्परिक सम्बन्धको सिद्धान्तलाई ध्यानमा राखेर विदेशीहरूलाई फरक रकम लगाउने दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म दक्षिण कोरियाले स्वदेशी तथा विदेशी सबै कोभिड–१९ विरामीहरुलाई निःशुल्क चिकित्सा सेवाहरु प्रदान गर्दै आएको थियो ।

महामारी लामो समयसम्म अन्त्य नहुँदा करदाताहरुलाई थप भार पर्र्ने भन्दै सरकारले विदेशी बिरामीहरुलाई बोझ बाँड्न आह्वान गरेको हो । दक्षिण कोरिया यसको निःशुल्क शुल्कको उपचार नीति परिवर्तन गर्दा आउने कूटनीतिक समस्याबारे सचेत रहेको छ ।

यद्यपि समुदायमा सङ्क्रमण नियन्त्रणका लागि अझै पनि भाइरस सङ्क्रमित विदेशीलाई आवश्यकता अनुसार केही वा सबै खर्चमा छुट दिने सरकारी अधिकारीहरूले बताएका छन् ।

दक्षिण कोरियामा विगत पाँच महिना यता आइतबार सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै पुगेको छ । आइतबार सङ्क्रमितको सङ्ख्या २७९ पुगेको थियो भने यो सङ्ख्यामा सोमबार भने सामान्य कमी आउँदा थप १९७ सङ्क्रमित भएका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म यहाँ कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ५१५ पुगेको छ भने ३०५ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ६ : ०८ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच