दक्षिण कोरियामा विदेशी कोभिड सङ्क्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने « Khabarhub

दक्षिण कोरियामा विदेशी कोभिड सङ्क्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने


१ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल – विदेशबाट दक्षिण कोरिया भित्रिएका कोभिड–१९ सङ्क्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लङ्घन गर्ने विरामीले उपचार खर्च आफै व्यहोर्नुपर्ने भएको छ ।

कोरिया सरकारले सोमबारबाट लागु हुने गरी यो व्यवस्था गरेको हो ।

स्वास्थ्य अधिकारीहरूका अनुसार कोरियाले विदेशबाट आएका कोभिड–१९ सङ्क्रमित बिरामीहरूलाई उनीहरूको मेडिकल सेवाको लागत भुक्तान गर्न अनुरोध गर्नेछ ।

यही अगष्ट २४ देखि देशले कूटनीतिक सम्बन्धमा पारस्परिक सम्बन्धको सिद्धान्तलाई ध्यानमा राखेर विदेशीहरूलाई फरक रकम लगाउने दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म दक्षिण कोरियाले स्वदेशी तथा विदेशी सबै कोभिड–१९ विरामीहरुलाई निःशुल्क चिकित्सा सेवाहरु प्रदान गर्दै आएको थियो ।

महामारी लामो समयसम्म अन्त्य नहुँदा करदाताहरुलाई थप भार पर्र्ने भन्दै सरकारले विदेशी बिरामीहरुलाई बोझ बाँड्न आह्वान गरेको हो । दक्षिण कोरिया यसको निःशुल्क शुल्कको उपचार नीति परिवर्तन गर्दा आउने कूटनीतिक समस्याबारे सचेत रहेको छ ।

यद्यपि समुदायमा सङ्क्रमण नियन्त्रणका लागि अझै पनि भाइरस सङ्क्रमित विदेशीलाई आवश्यकता अनुसार केही वा सबै खर्चमा छुट दिने सरकारी अधिकारीहरूले बताएका छन् ।

दक्षिण कोरियामा विगत पाँच महिना यता आइतबार सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै पुगेको छ । आइतबार सङ्क्रमितको सङ्ख्या २७९ पुगेको थियो भने यो सङ्ख्यामा सोमबार भने सामान्य कमी आउँदा थप १९७ सङ्क्रमित भएका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म यहाँ कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ५१५ पुगेको छ भने ३०५ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ६ : ०८ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता