उद्धार उडान रोकिएपछि खाडी मुलुकका नेपाली दूतावासले मागे माफी « Khabarhub

 उद्धार उडान रोकिएपछि खाडी मुलुकका नेपाली दूतावासले मागे माफी



दोहा –  कतार, कुवेत र साउदीबाट हुने भनिएको उद्धार उडान स्थागित भएपछि यसबाट पर्न गएको असुविधालाई लिएर दूतावसले माफी मागेका छन् ।

त्यहाँस्थित नेपाली दूतावासहरुले बिज्ञप्ति जारी गर्दै हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ उडान नेपाल सरकार कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रको मिति २०७७.५.१ को पत्रबमोजिम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराउँदै माफी मागेका हुन् ।

काठमाडौंका होटलमा बस्नुपर्ने तर होटलको व्यावस्थापन तयार भइनसकेको लगायत कारण देखाउदै उडानहरु स्थगित गरेको दूतावासहरुले जनाएका छन् ।

यसो भन्छ कतारस्थित नेपाली दूतावास

१६ अगष्ट २०२० मा यस राजदूतावासबाट जारी सूचनामा उल्लेख भएअनुसार १७ अगष्ट २०२० का लागि तय भएको हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ उडान नेपाल सरकार कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रको मिति २०७७५१ को पत्रबमोजिम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । यसबाट पर्न गएको असुविधा प्रति राजदूतावास क्षमाप्रार्थि छ ।

यसो भन्छन् : साउदीस्थित नेपाली दूतावास

नेपाल सरकार कोभिड -१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी, काठमाडौँबाट मिति २०७७०५०१ को पत्रमार्फत् “नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकाले होटल क्वारेन्टाइन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृति दिने तथा यस अघि जारी उडान अनुमति स्थगित गरिदिने“ व्यवस्था हुन भनी लेखी आएकोले अर्को सूचना जारी नभएसम्मका लागि सबै उडानहरु स्थगित भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

कुवेतस्थित नेपाली दूतावासले के भन्यो ?

मिति २०७७।०४।२९ (तदनुसार १३ अगष्ट २०२०) का दिन यस राजदूतावासबाट जारी सूचनामा उल्लेख भएबमोजिम २२ अगष्ट २०२० का लागि तय भएका तीनवटा चार्टर्ड उडानहरू (नेपाल एयरलाइन्स-१ हिमालय एयरलाइन्स-१ तथा जजिरा एयरवेज-१) नेपाल सरकार, कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रको मिति २०७७।०५।०१ को पत्रबमोजिम नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विध्यमान भएकोले अर्को सूचना जारी नभएसम्मका लागि उल्लिखित तीन चार्टर्ड उडानहरू स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । यसबाट पर्न गएको असुविधा प्रति राजदूतावास क्षमाप्रार्थि छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ९ : ४६ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय