तीन सहसचिव राजदूत सिफारिस « Khabarhub

तीन सहसचिव राजदूत सिफारिस


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले परराष्ट्र मन्त्रालयका तीन सहसचिवलाई राजदूतमा सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राजदूतमा सिफारिस गरेको हो ।

उनीहरूलाई राजदूत सिफारिस गर्ने निर्णय गरे पनि कुन कुन देशका लागि राजदूत सिफारिस भएका हुन् भन्ने खुलाइएको छैन।

परराष्ट्र मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गर्न सकिने व्यवस्था छ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी किशोर श्रेष्ठबाट खोसेको छ।

काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ। भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन्।

सरकारले युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ११ : ३३ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको