पारसले सार्वजनिक गरे स्मार्ट कनेक्ट फिचरसहितको टीभीएस अपाचे आरटीआर २०० फोरभी | Khabarhub Khabarhub

पारसले सार्वजनिक गरे स्मार्ट कनेक्ट फिचरसहितको टीभीएस अपाचे आरटीआर २०० फोरभी


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमै पहिलो पटक लाइभ स्ट्रिममार्फत स्मार्ट कनेक्ट फिचर सहितको टीभीएस अपाचे आरटीआर २०० फोरभी सार्वजनिक भएको छ ।

नेपालमा लागि टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो फेसबुक पेज वाहेक अन्य प्रतिष्ठित सामाजिक सञ्जालमार्फत सो बाइक सार्वजनिक गरेको हो ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सो बाइक सार्वजनिक गरे । सो अवसरमा प्रतिष्ठित कलाकारहरुले सांगीतिक प्रस्तुति समेत गरेका थिए ।

बाइकमा नेभिगेसन, लिन एंगल मोड, लो फ्युल इन्डिकेसन, पम्प नेभिगेसन, क्र्यास अलर्ट आदि विभिन्न फिचर प्रयोग गर्न सकिन्छ ।

स्मार्ट कनेक्ट फिचर र फरक स्टाइल वाहेक सो बाइक बेस्ट–इन–क्लास र फर्स्ट–इन–सेगमेन्ट फिचर रहेका छन् ।

बाइकमा रेसरहरुका लागि उपयोगी हुने रेस टेलिमेट्री रहेको छ । यसमा भएको स्मार्ट कनेक्ट एप प्रयोग गरी रेसरका विभिन्न प्यारामिटर रेकर्ड गर्न सकिन्छ । रेसरले टेलिमेट्री स्क्रोल गरी विभिन्न डाटा हेर्न सक्छन् ।

यसलाई टर्न–बाई–टर्न नेभिगेसनको रुपमा प्रयोग गर्न पनि सकिन्छ । सिंगल ट्रिप वा मल्टिपल टुर मोडमा राखेर विभिन्न स्टपहरु नेभिगेट गर्न सकिन्छ । बाटोमा पर्ने हस्पिटल, रेष्टुराँ आदिमा रोकिनका लागि पनि फिक्स गर्न सकिन्छ ।

यो सिष्टमले कल र एसएमएस अलर्ट समेत गराउन सक्छ । राइडरले निश्चित स्विच थिचेर यसको वारेमा जानकारी गराउन सक्छन् । त्यसैगरी बाइकमा इन्धन कम हुँदै गरेको समयमा वार्निङ दिएर सबैभन्दा नजिकको पेट्रोल पम्पको वारेमा समेत जानकारी दिन्छ ।

यसमा भएको क्र्यास अलर्ट सिष्टम अर्को महत्वपूर्ण विशेषता हो । बाइकमा भएको सेन्सरले क्र्यास भएको १८० सेकेन्डमै पत्ता लगाउछ र क्र्यास अलर्ट मोडमा जान्छ । यसले पहिले नै फिक्स गरिएको कुनै इमर्जेन्सी नम्बरमा यसको वारेमा तुरुन्तै लोकेसन सहित जानकारी दिन्छ ।

त्यसैगरी लिन एंगल मोड अर्को महत्वपूर्ण विशेषता हो । रेसरको लिन एंगल थाहा पाउनका लागि यसले फोनमा भएको गाइरोस्कोपिक सेन्सरको प्रयोग गर्छ र लिन एंगल रेकर्ड गर्छ । रेसिङ कन्सोलमा लेवल अफ लिन डिस्प्ले हुन्छ र यो एपमा गएर रेकर्ड हुन्छ । यसलाई पछि रेसरले हेर्न सक्छन् ।

बाइकमा फर्स्ट–इन–फिचरको रुपमा एड्भान्स्ड एबीएस विथ आरएलटी र स्लिपर क्लच रहेको छ । एबीएसले सुपेरियर ब्रेकिङको लागि सहयोग पुर्‍याउँछ भने आरएलटी अर्थात रियर ह्विल लिफ्ट–अप प्रोटेक्सनले ह्विल लक हुनबाट बचाउछ र उच्च स्तरीय स्टेबिलिटी र कन्ट्रोलका लागि सहयोग गर्छ ।

त्यसैगरी स्लिपर क्लचले तुरुन्तै बाइक रोक्नु परेको अवस्थामा डाउन सिफ्ट गर्न सहयोग गर्छ र कुनै पनि दुर्घटनाबाट बचाउछ ।

बाइकको स्टाइल पनि रेसिङ खालको छ । यसले रेसिङ स्टाइलको झलक दिन्छ । बाइकमा भएको रेसिङ डेकल्स, ग्राफिक्स र एग्रेसिभ तरिकाले बनाइएको हेडल्याम्पले यसलाई सम्भव बनाएको हो । यी सबैका कारण ट्रयाकमा यो रेस मेसिन जस्तो देखिन्छ । यसमा भएको एलईडी हेडल्याम्प पनि यस्तै प्रकारको छ ।

बाइकमा भएको एयरकुल्ड कम्बसन च्याम्बर टेक्नोलोजीले बाइकको तापक्रमलाई १० डिग्री सेल्सियसले घटाउछ । त्यसैगरी हाई कम्बसन नानो फ्रिक्स कोटेड पिस्टनले यसको पावरलाई बढाउन भूमिका खेल्छ ।

बाइकमा भएका रेसिङ ओरिजिन स्प्लिट क्र्याडल सिंक्रोनाइज्ड च्यासिस, रेस ट्युन्ड केवाईबी मोनोसक, हाई पर्फमेन्स रेडियल टायर र रेसिङ डबल–ब्यारेल एक्जस्टले बाइकको पर्फमेन्स बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

टीभीएस अपाचे आरटीआर २०० ४भीमा भएको १९७.७५ सीसीको फोर स्ट्रोक आयलकुल्ड इन्जिनले २०.५ पीएस पावर र १६.८ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ५–स्पिड गियरबक्स रहेको छ ।

सो रेस मेसिन ३.९ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा कुद्न सक्छ भने टप स्पिड १२७ किलोमिटर प्रतिघण्टा छ ।

सो बाइकको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १२ : १२ बजे

मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस् 

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको

महोत्तरीमा उत्कृष्ट करदाताको रूपमा भण्डारी दोस्रो पटक सम्मानित

महोत्तरी– महोत्तरीमा नै सबैभन्दा बढी कर तिरेबापत व्यवसायी तथा समाजसेवी

लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु

जेनेभा– गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायली युद्ध सुरु

अर्थमन्त्रीले आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा भित्र्याए निजी क्षेत्र

काठमाडौं – सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी

मंसिर ९ गतेदेखि स:शुल्क धरहरा चढ्न पाइने

काठमाडौं– सरकारले यही मंसिर ९ गतेदेखि स: शुल्क चढ्न पाउने