यामाहाको नयाँ स्कुटर लक्की ड्रमार्फत जित्ने अवसर, असोज ७ मा सार्वजनिक हुँदै « Khabarhub

यामाहाको नयाँ स्कुटर लक्की ड्रमार्फत जित्ने अवसर, असोज ७ मा सार्वजनिक हुँदै


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले असोज ७ गते नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ।

एमएडब्लूले सार्वजनिक गर्न लागेको नयाँ १२५ सिसीको स्कुटर रे जेडआरको प्रत्यक्ष प्रशारण हेर्नेले जित्न सक्नेछन्। त्यसको लागि लक्की ड्रमा सहभागिता जनाउन आधिकारिक वेबसाइटमा गएर पहिला आफ्नो नाम रजिस्टर गर्नुपर्छ भने, ७ गते बेलुका ७ बजेबाट हुने प्रत्यक्ष प्रशारणमा सहभागी हुनुपर्नेछ।

उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण यामाहाको युबट्युब च्यानलमा हुनेछ।

लाइभ कार्यक्रममा सहभागिता जनाउन चाहनेले माथिको लिंकमार्फत् रिमाइन्डर बटमको प्रयोग गर्न सक्नेछन्। कोभिड- १९ को कारण कुनै स्थान विशेषमा कार्यक्रम गर्न नसकिने अवस्था आएकाले युट्युब च्यानलमार्फत् नयाँ स्कुटर सार्वजनिक गर्न लागेको यामाहा नेपालले जनाएको छ।

यामाहाले ल्याएको नयाँ रे जेडआर १ सय २५ स्कुटरमा एफआई इन्जिनको प्रयोग गरिएको छ। यस्तोमा नयाँ टेक्नोलोजीका धेरै मोटरसाइकल र स्कुटर ल्याउँदै आएको यामाहाको प्रडक्ट लाइनअपमा रे जेडआर १ सय २५ थपिने भएको छ।

एमएडब्लूले नेपाली बजारमा उपभोक्ता चाहनाअनुसार स्टाइलिस, नविनतम् प्रविधियुक्त मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ३२ बजे

एआई शिखर सम्मेलन निष्कर्षविहीन

एजेन्सी– पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति

नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम– गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२-८३

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की– मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा

गृहमन्त्रीद्वारा काठमाडौं र मकवानपुरको मतदानस्थलको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

राजनीतिक दलका चुनावी घोषणापत्र : निःशुल्क स्वास्थ्यमा जोड

काठमाडौं– आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य