देवदहको क्वारेन्टिनमा एक युवकद्वारा आत्महत्या ! | Khabarhub Khabarhub

देवदहको क्वारेन्टिनमा एक युवकद्वारा आत्महत्या !


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीको देवदह नगरपालिकास्थित एक क्वारेन्टिनमा रहेका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।

देवदह नगरपालिका—४, सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिमा सोही वडाका २५ वर्षीय पीताम्बर पाण्डे बुधबार राति झुण्डिएर मरेको अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटबलका अनुसार भदौ १७ गते भारतबाट आएका पीताम्बर क्वारेन्टिनमा बसेको १३ दिन पुगेको थियो । राति भवनको बाहिरपट्टि छतमा रहेको फलामको रडमा उनी झुण्डिएको फेला परेका हुन् । उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

पाँच दिनअघि पिसिआर परीक्षणका लागि उनको स्वाब लिइएको थियो तर रिपोर्ट आएको थिएन । ‘आज वा भोलि रिपोर्ट आइपुग्ने कुरा थियो,’ देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले भने, ‘उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।’

घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । यसअघि पनि सोही क्वारेन्टिनमा एकजनाले आत्मदाह गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ४ : ४५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई