हुन्डाई ग्राण्ड आई टेन नियोस नेपाली बजारमा, मुल्य कति ? « Khabarhub

हुन्डाई ग्राण्ड आई टेन नियोस नेपाली बजारमा, मुल्य कति ?


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई-10 सार्वजनिक गरेको छ ।

हुन्डाई ग्रान्ड आई-10 धेरै वर्षदेखि बजारमा सबभन्दा मनपर्ने र प्रशंसा गरिएको कार मध्ये एक हो। अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई-10 नियोस बजारमा ल्याएको हो ।

हुन्डाई ग्राण्ड आई-10 नियोस Kappa Dual VTVT Technology मा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ ।

उत्कृष्ट प्रदर्शनका लागि ८३ ps/ ६००० rpm सर्वाधिक पावर दुबै म्यानुअल तथा स्वचालित ट्रन्समिसन विकल्पहरुमा पाउन सकिनेछ ।

ग्राण्ड आई-10  नियोसले 5–speed म्यानुअल र स्मार्ट अटो AMT दुबै किसिमको ट्रान्समिसनमा उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आई-10 नियोसमा Glossy Black Radiator Grille, Boomerang आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ inch alloy व्हील्स पाउन सकिन्छ।

सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई-10 नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

ग्राण्ड आई-10 नियोस यात्राका लागि एक उत्तम सवारी साधन मात्र नभई स्मार्ट साधन पनि हो। एप्पल कारप्ले, एन्ड्रोइड अटो र best-in-segment टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०.२५ सि.एम.) का साथै रियर एसी भेन्ट जस्ता सुविधाले युक्त ग्राण्ड आई-10 नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ ।

सुरक्षित यात्राको निम्ति भने हुन्डाईले नियोसमा Strong Body Structure 65% (AHSS+HSS), Front Dual Airbags, सेन्सर भएको Rear Parking Camera, इबिडी का साथ Anti-lock Braking System, र Driver Rear View Monitor प्रस्तुत गरेको छ।

हुन्डाई ग्राण्ड आई-10 नियोसले नेपाली बजारमा आफनो छुटै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञातिमार्फत जनाइएको छ ।

यो गाडीको सुरुवाती मूल्य रु ३०,९६,००० कायम गरिएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौं ग्राहकहरुको मन तथा विस्वास जित्न सफल भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ३३ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण