क्रिकेट खेलाडी भण्डारीको हात र खुट्टाको शल्यक्रिया « Khabarhub

क्रिकेट खेलाडी भण्डारीको हात र खुट्टाको शल्यक्रिया


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

शल्यक्रियापछि पनि उनलाई केही समय अस्पतामै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भण्डारी खेलमा फर्किन भने लामो समय लाग्नेछ ।

उनी गत आइतबार राति कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए । उनको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सोमबार काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको हो ।

दुर्घटनामा उनको दायाँ खुट्टा र दायाँ हात भाँचिएको थियो । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मिनिट्रकले भण्डारीले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उनलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन । पछिल्लो समय उनी नेपाल पुलिस क्लवबाट घरेलु क्रिकेट खेल्दै आएका थिए ।

भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन । उनले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरव इमिरेटस् (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

भण्डारीले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए । त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ६ : ३२ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,