एजेन्सी- भारतमा सवारी साधनको विक्रीमा सेप्टेम्वरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि भएको छ ।
भारतीय सवारी उत्पादक समाज (एसआइएम)का अनुसार सेप्टेम्बरमा भारतले दुई लाख ७२ हजार २७ थान कार विक्री गरेको भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा दुई लाख १५ हजार १२४ थान विक्री भएको थियो ।
एसआइएमको तथ्याङ्कमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको छ । यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख छ । त्यसैगरी भ्यान विक्री दरमा १०.६४ प्रतिशतले वृद्धि भएको छ ।
सेप्टेम्बरमा तीन पाङ्ग्रे सवारी साधनको विक्रीमामा भने अघिल्लो वर्षको तुलनामा ७१.९१ प्रतिशतले कमी आएको छ । दुई पाङ्ग्रे साधनको विक्री पनि ११.६४ प्रतिशतले बढेको छ ।
एसआइएमले यो वर्षको गत वर्षको सेप्टेम्बरको तुलनामा सवारी साधन र तीन पाङ्ग्रे साधनको निर्यातमा क्रमशः ३५.८९ प्रतिशत र ५.३५ प्रतिशतले कमी आएको जनाएको छ ।
दुई पाङ्ग्रे सवारी साधनको समग्र निर्यातमा ९.१७ प्रतिशतले कमी देखिएको छ ।
प्रतिक्रिया