सर्पले टोक्यो भने यसरी अपनाउनुहोस सावधानी | Khabarhub Khabarhub

सर्पले टोक्यो भने यसरी अपनाउनुहोस सावधानी


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः गर्मी महिनामा तराईमा सर्प टोकाइका घटनाहरु हुने गर्दछ । सर्पले टोक्नासाथ तत्काल सर्पदंश जान सम्भव नहुदा बर्षेनी धेरैको ज्यान जाने गेरेको छ ।

अधिकाशं सर्पहरु विषालु हुन्छन् । कम विषालु सर्पले टोके पनि तर कमजोर मनोबल र अधैर्यताका कारणले समेत मानिसको मृत्यु हुन सक्छ । तथापी केहि सर्प यति धेरै विषालु हुन्छन् कि जसको टोकाईपछि तत्काल उपचार नभए मृत्यु नै हुने गर्दछ ।

सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने तथा अंगमा क्षती समेत हुन पुग्दछ । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछ । यस्तोमा सर्पले टोक्दा तत्काल सर्पदशं अस्पताल जानु पर्दछ । त्यस क्रममा अस्पताल नपुग्न्जेल निम्न उपाय गर्नु पर्दछ ।

१. सर्पले टोक्नासाथ तत्काल ढिला नगरी नजिकको सर्पदशं अस्पताल जानु पर्दछ ।
२. अस्पतालमा टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमण विरुद्धको सुइ लगाउनु पर्दछ ।
३. सकेसम्म टोकेको स्थानलाई चलाएमा शरीरमा विष फैलन ढिलो हुन्छ ।
४. बिरामीले सर्पको आकार, प्रकार रंगबारे तत्काल अरुलाई सुनाउनु पर्दछ यस्तोमा बिरामी बेहोस भएपनि अरु मार्फत चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ ।
५. यसका साथै कहाँ टोक्यो, कुन समयमा टोक्यो सो भनेमा उपचारमा सहयोग मिल्दछ ।
६. यदि कुनै गहना वा बाधिने वस्त्र लगाउनु भएको छ भने अंग सुन्निुनु अघि निकाल्नुहोस् ।
७. आवश्यकता भए चिकित्सकको परामर्शमा दुखाई कम गर्ने औषधी सेवन गर्नुहोस् ।
८. आफु आउदै गरेको बिषयमा सर्पदंश उपचार केन्द्रमा जानकारी गराउनुहोस् ।

के नगर्ने ?
१. सर्पले टोक्यो भन्दैमा समात्ने वा मार्ने प्रयास नगर्नुहोला । अन्यथा फेरि टोक्न सक्छ ।
२. सर्पले टोकेको स्थानमा नचुस्नु होला अन्थया मुखमा बिष फैलिएर अर्काे हानी हुन्छ ।
३. टोकेको स्थानमा कसिएर नबाध्नुहोला अन्यथा छाला मर्न सक्छ ।
४. टोकाईको पीडा बिर्सने नाममा मदिरा नपिउनुहोस् यसले झन् चाँडो विष फैलाउँछ ।
५. टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला ।
६. एस्पिरिन, ब्रुफेन वा अन्य खालको पेनकिलर नलिनुहोला यसले रगत पातलो बनाउँछ ।
७. टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १ : ०६ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम