सर्पले टोक्यो भने यसरी अपनाउनुहोस सावधानी « Khabarhub

सर्पले टोक्यो भने यसरी अपनाउनुहोस सावधानी


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः गर्मी महिनामा तराईमा सर्प टोकाइका घटनाहरु हुने गर्दछ । सर्पले टोक्नासाथ तत्काल सर्पदंश जान सम्भव नहुदा बर्षेनी धेरैको ज्यान जाने गेरेको छ ।

अधिकाशं सर्पहरु विषालु हुन्छन् । कम विषालु सर्पले टोके पनि तर कमजोर मनोबल र अधैर्यताका कारणले समेत मानिसको मृत्यु हुन सक्छ । तथापी केहि सर्प यति धेरै विषालु हुन्छन् कि जसको टोकाईपछि तत्काल उपचार नभए मृत्यु नै हुने गर्दछ ।

सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने तथा अंगमा क्षती समेत हुन पुग्दछ । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछ । यस्तोमा सर्पले टोक्दा तत्काल सर्पदशं अस्पताल जानु पर्दछ । त्यस क्रममा अस्पताल नपुग्न्जेल निम्न उपाय गर्नु पर्दछ ।

१. सर्पले टोक्नासाथ तत्काल ढिला नगरी नजिकको सर्पदशं अस्पताल जानु पर्दछ ।
२. अस्पतालमा टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमण विरुद्धको सुइ लगाउनु पर्दछ ।
३. सकेसम्म टोकेको स्थानलाई चलाएमा शरीरमा विष फैलन ढिलो हुन्छ ।
४. बिरामीले सर्पको आकार, प्रकार रंगबारे तत्काल अरुलाई सुनाउनु पर्दछ यस्तोमा बिरामी बेहोस भएपनि अरु मार्फत चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ ।
५. यसका साथै कहाँ टोक्यो, कुन समयमा टोक्यो सो भनेमा उपचारमा सहयोग मिल्दछ ।
६. यदि कुनै गहना वा बाधिने वस्त्र लगाउनु भएको छ भने अंग सुन्निुनु अघि निकाल्नुहोस् ।
७. आवश्यकता भए चिकित्सकको परामर्शमा दुखाई कम गर्ने औषधी सेवन गर्नुहोस् ।
८. आफु आउदै गरेको बिषयमा सर्पदंश उपचार केन्द्रमा जानकारी गराउनुहोस् ।

के नगर्ने ?
१. सर्पले टोक्यो भन्दैमा समात्ने वा मार्ने प्रयास नगर्नुहोला । अन्यथा फेरि टोक्न सक्छ ।
२. सर्पले टोकेको स्थानमा नचुस्नु होला अन्थया मुखमा बिष फैलिएर अर्काे हानी हुन्छ ।
३. टोकेको स्थानमा कसिएर नबाध्नुहोला अन्यथा छाला मर्न सक्छ ।
४. टोकाईको पीडा बिर्सने नाममा मदिरा नपिउनुहोस् यसले झन् चाँडो विष फैलाउँछ ।
५. टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला ।
६. एस्पिरिन, ब्रुफेन वा अन्य खालको पेनकिलर नलिनुहोला यसले रगत पातलो बनाउँछ ।
७. टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १ : ०६ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा