आइपीएलमा आज दुई खेल, पहिलो खेलमा राजस्थान र बैंगलोरको प्रतिस्पर्धा « Khabarhub

आइपीएलमा आज दुई खेल, पहिलो खेलमा राजस्थान र बैंगलोरको प्रतिस्पर्धा


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबईमा बैंगलोर र राजस्थान नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । बैंगलोर र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोर छैठौँ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ । राजस्थानलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।

तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउन बैंगलोरलाई सहज हुने छैन । राजस्थान पनि बैंगलोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ ।

८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ । बैंगलोरलाई हराएर राजस्थान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो ।

आजै राति पौने ८ बजे हुने खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन् ।

सारजामा हुने खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली र छैठौँ स्थानमा रहेको चेन्नईबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

युवा क्रिकेटर श्रेयस ऐयरको कप्तानीमा रहेको दिल्ली जित हात पार्दै शीर्ष स्थानमा उक्लन चाहन्छ भने चेन्नई पनि दिल्लीलाई रोक्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १२ : ४१ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै