छायाँकार मास्केको निधन | Khabarhub Khabarhub

छायाँकार मास्केको निधन


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको पहिलो छायाँकार वैकुण्ठमान मास्केको निधन भएको छ । सात वर्षदेखि मृगौलाको रोगी मास्केको उपचारकै क्रममा शुक्रबार निदान अस्पतालमा ८३ वर्षको उमेरमा मृत्यु भएको हो ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले भने, ‘उहाँ हप्ताको तीन पटक डायलाइसिस गराउनु पर्थ्‍यो । आइतबार कोरोना पुष्टि भयो । त्यसयता निदान अस्पतालमा उपचार गराउँदै गर्दा उहाँले शुक्रबार १:३० मा संसार छोड्नु भयो ।’

उनका श्रीमती र एक छोरी छन् ।

मास्केले सन् १९६६ मा ‘फिल्म एण्ड टेलिभिजन इन्स्टिच्यूट अफ इन्डिया’बाट छायांकनमा ३ वर्षे अध्ययन सकाएका थिए ।

उनले छायांकनसँगै निर्देशन र सम्पादनमा पनि आफ्नो अनुभव बटुलेका थिए । ‘ट्रान्सपोर्टेसन नेपाल’ र ‘बाँच र बाँच्न देऊ’ उनले निर्देशन गरेका वृतचित्र हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ५ : ३९ बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई