छायाँकार मास्केको निधन « Khabarhub

छायाँकार मास्केको निधन


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको पहिलो छायाँकार वैकुण्ठमान मास्केको निधन भएको छ । सात वर्षदेखि मृगौलाको रोगी मास्केको उपचारकै क्रममा शुक्रबार निदान अस्पतालमा ८३ वर्षको उमेरमा मृत्यु भएको हो ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले भने, ‘उहाँ हप्ताको तीन पटक डायलाइसिस गराउनु पर्थ्‍यो । आइतबार कोरोना पुष्टि भयो । त्यसयता निदान अस्पतालमा उपचार गराउँदै गर्दा उहाँले शुक्रबार १:३० मा संसार छोड्नु भयो ।’

उनका श्रीमती र एक छोरी छन् ।

मास्केले सन् १९६६ मा ‘फिल्म एण्ड टेलिभिजन इन्स्टिच्यूट अफ इन्डिया’बाट छायांकनमा ३ वर्षे अध्ययन सकाएका थिए ।

उनले छायांकनसँगै निर्देशन र सम्पादनमा पनि आफ्नो अनुभव बटुलेका थिए । ‘ट्रान्सपोर्टेसन नेपाल’ र ‘बाँच र बाँच्न देऊ’ उनले निर्देशन गरेका वृतचित्र हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ५ : ३९ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्