न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित « Khabarhub

न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेकी छन् ।

अधिकांश मतगणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको दलले ६४ सिट ल्याउने अनुमान छ । जुनसंसदमा बहुमतका लागि पर्याप्त हुन्छ ।

विपक्षी मध्यपन्थी दल नेशनल पार्टीले २७ प्रतिशत मत प्राप्त गरेको र उसले आफ्नो हाल स्वीकार गरिसकेको बताइएको छ।

जितपछि आर्डर्नले भनेकी छन्, न्यूजिल्याण्डले करिव ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको छ ।’

न्यूजील्याण्डको चुनाव प्रणालीका कारण १९९६ देखि हालसम्म कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेको छैन। तर, यो पटक जेसिकाले ऐतहासिक बहुमत प्राप्त गर्न सकिने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

१२० सदस्यी न्यूजील्याण्डको संसदमा बहुमत ल्याउन कम्तिमा ६१ सिट जित्नुपर्छ।

न्यूजील्याण्डमा दल र उम्मेदवार दुबैलाई मतदान गर्नुपर्छ। कुनै पनि दल संसदमा प्रवेश गर्न कम्तिमा ५ प्रतिशत मत ल्याउनुपर्छ वा संसदीय सिटमा जित हात पार्नुपर्छ।

न्यूजील्याण्डमा हरेक तीन वर्षमा आम निर्वाचन हुन्छ। २०१७ को निर्वाचनमा दोस्रो दल बनेको लेवर पार्टीले अन्य दलहरुसँग गठबन्धन गरेपछि जेसिका प्रधानन्त्री बनेकी थिइन्।

यो पटक चुनावमा जितपछि बोल्दै जेसिकाले हरेक मानिसका लागि काम गर्ने भन्दै कुने पनि मतदातालाई सामान्य रुपमा नलिइने बताएकी छन्।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : ३० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको