यो दशैंमा म तपाईंलाई भेट्न आउँदिन, तपाईं पनि मेरोमा नआउनू : वरिष्ठ कलाकार आचार्य « Khabarhub

यो दशैंमा म तपाईंलाई भेट्न आउँदिन, तपाईं पनि मेरोमा नआउनू : वरिष्ठ कलाकार आचार्य


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले कोरोना संक्रमित भइसकेपछिको आफ्नो अनुभव सुनाएका छन्।

उनले शुरुमा कोरोना लाग्नबाट डराउन र लागिसकेपछि नडराउन सुझाव दिएका छन्। यति गर्न सकेमा कोरोनाबाट मुक्त हुन मनोवल बढ्ने उनले बताए।

युवाहरुको समूह गठित कम्पासले कोभिडको आगमन र बहिर्गमनको विषयमा शनिबार गरेको कार्यक्रममा कलाकार आचार्यले कोरोनालाई सामान्य रुपमा नलिन सबैसँग आग्रह गरे ।

‘यो वर्षको दसैंमा टीका थाप्न म कसैको घरमा पनि आउँदिन, तपाईंहरु पनि कोही पनि मेरो परिवारमा नआउनुहोला’, उनले भने, ‘कोरोनाबाट बच्नका लागि हामी आफूले आफूलाई नै मन्दिर सोचौं, आफनो घर नै मन्दिर सोच र आआफ्नै घरमै बसेर दशैं मनाऔँ।’

कोरोना पोजेटिभ रहेका आचार्यले दशैं दशा हुनेतर्फ विशेष सतर्क रहन आग्रह गरे । उनले आफू बच्ने मात्रै होइन, अरुलाई कोरोनाबाट बचाउनु पनि आफ्नो दायित्व सम्झन आग्रह गरेका छन्।

यो वर्षको दशैं बाँच्ने उत्साहको रुपमा लिन उनले सबैसँग आग्रह गरे ।

‘हामी बाँचिराखे दशैं अर्काे वर्ष पनि आउँछ, भगवान हामीसँगै रहन्छन्’, उनले भने, ‘सार्वजनिक सवारीसाधन प्रयोग गरी दसैंमा यताउती नजानु होला, कोरोनासँग जोगिनु अहिलेको प्रमुख काम हो।’

आफूलाई कोरोना लागेको शनिबार १३ दिन भएको उनले बताए।

‘भोलि आइतबार टेष्ट गर्ने योजनामा छ। भोलिको टेस्टबाट म र श्रीमती दुवै कोरोनामुक्त हुने विश्वास छ’, उनले भने ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ८ : ३४ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन