भिसा समाप्त भएकाहरु ओमान फर्कन नसक्ने « Khabarhub

भिसा समाप्त भएकाहरु ओमान फर्कन नसक्ने



दोहा- ओमानका अधिकारीहरूले कोरोना भाइरस महामारीको कारण अन्तर्राष्ट्रिय उडान स्थगित भएको भन्दै भिसा सकिएका कामदारहरु ओमान फर्कन नसक्ने बताएका छन् ।

कोरोना महामारीको सर्वोच्च समितिको बैठकपछि पत्रकार सम्मेलनमा निर्णय सार्वजानिक गर्दै रोयल ओमान पुलिसका अपरेशनस महानिर्देशक सैद अल अस्मीले यस कोरोना महामारीको यस विषम परिस्थितिमा कामका लागि भिसा जारी गर्नु निलम्बित छ । उनले  वैध रेसिडेन्सी भएकाहरूका लागि भने प्रवेश अनुमति दिइने बताए ।

उनले ओमानका नागरिकहरू र आप्रबासीलाई सर्वोच्च समितिले जारी गरेको दिशानिर्देशनप्रति सहयोग र प्रतिबद्धताको लागि धन्यवाद दिएका छन् ।

केही घटनाहरू र मास्क लगाएका व्यक्तिहरू रेकर्ड गरिए पनि हामी उल्लंघन कर्ताहरूलाई सार्वजनिक मुद्दा चलाउन अघि उनीहरूलाई जरिवाना तिर्न चाँडो गर्न आग्रह गरिएको बताए ।

समितिले कोरोना भाइरस रोकथामका उपायहरू उल्लंघन गर्नेहरूको नाम र फोटो पनि विभिन्न मिडिया आउटलेटमा प्रकाशित गर्ने निर्णय गरेको जनाएको छ।

कोरोना सम्बन्धी लगाएको प्रतिबन्ध उल्लंघन गर्नेहरूको नाम र तस्बिर प्रकाशित गर्ने निर्णयलाई कानुनी प्रक्रिया पूरा भएपछि सार्वजनिक गरिने टाइम्स अफ ओमानले जनाएको छ । ओमानको यो निर्णय संगै बिदामा नेपाल गएका नेपाली श्रमिक तत्काल फर्कन नसक्ने भएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ११ : १७ बजे

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको

औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ– ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र