भिसा समाप्त भएकाहरु ओमान फर्कन नसक्ने « Khabarhub

भिसा समाप्त भएकाहरु ओमान फर्कन नसक्ने



दोहा- ओमानका अधिकारीहरूले कोरोना भाइरस महामारीको कारण अन्तर्राष्ट्रिय उडान स्थगित भएको भन्दै भिसा सकिएका कामदारहरु ओमान फर्कन नसक्ने बताएका छन् ।

कोरोना महामारीको सर्वोच्च समितिको बैठकपछि पत्रकार सम्मेलनमा निर्णय सार्वजानिक गर्दै रोयल ओमान पुलिसका अपरेशनस महानिर्देशक सैद अल अस्मीले यस कोरोना महामारीको यस विषम परिस्थितिमा कामका लागि भिसा जारी गर्नु निलम्बित छ । उनले  वैध रेसिडेन्सी भएकाहरूका लागि भने प्रवेश अनुमति दिइने बताए ।

उनले ओमानका नागरिकहरू र आप्रबासीलाई सर्वोच्च समितिले जारी गरेको दिशानिर्देशनप्रति सहयोग र प्रतिबद्धताको लागि धन्यवाद दिएका छन् ।

केही घटनाहरू र मास्क लगाएका व्यक्तिहरू रेकर्ड गरिए पनि हामी उल्लंघन कर्ताहरूलाई सार्वजनिक मुद्दा चलाउन अघि उनीहरूलाई जरिवाना तिर्न चाँडो गर्न आग्रह गरिएको बताए ।

समितिले कोरोना भाइरस रोकथामका उपायहरू उल्लंघन गर्नेहरूको नाम र फोटो पनि विभिन्न मिडिया आउटलेटमा प्रकाशित गर्ने निर्णय गरेको जनाएको छ।

कोरोना सम्बन्धी लगाएको प्रतिबन्ध उल्लंघन गर्नेहरूको नाम र तस्बिर प्रकाशित गर्ने निर्णयलाई कानुनी प्रक्रिया पूरा भएपछि सार्वजनिक गरिने टाइम्स अफ ओमानले जनाएको छ । ओमानको यो निर्णय संगै बिदामा नेपाल गएका नेपाली श्रमिक तत्काल फर्कन नसक्ने भएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ११ : १७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने