ट्रम्पको अवरोध जारी रहे संक्रमणले धेरै अमेरिकीको ज्यान जान्छ – बाइडेन « Khabarhub

ट्रम्पको अवरोध जारी रहे संक्रमणले धेरै अमेरिकीको ज्यान जान्छ – बाइडेन


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चुनावमा पराजय भएर पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिमकाल अझै लम्ब्याए अमेरिकामा कोरोना संक्रमणले धेरै व्यक्तिको ज्यान जाने राष्ट्रपति निर्वाचित जो बाइडेनले बताएका छन् ।

केही दिन यता लगातार संक्रमण बढ्दै गएको अमेरिकामा पछिल्ला दिन मृत्यु पनि बढ्दो क्रममा छ । संक्रमण बढिरहँदा अमेरिकी सरकार पनि अन्तरिम अवस्थाबाट गुज्रिएको छ । यसको असर महामारी नियन्त्रणमा पनि परेको बाइडेनको दाबी छ ।

ट्रम्प प्रशासनले राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनको अन्तरिम टिमलाई अत्यावश्यक सूचना तथा जानकारीहरुमा पहुँच दिएको छैन ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएका ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् ।

ट्रम्पले आफू पराजित भएको स्वीकार नगर्नु ‘लज्जाको’ विषय रहेको बाइडेनले दोहोर्‍याए ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् ।

ट्रम्पले भने सोमबार ट्वीट गरेर आफूले चुनाव जितेको दाबी गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ७ : ३७ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण