बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु भएको छ ।

मृतक दुबै महिला हुन् । सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

कुनै दीर्घ रोग नभएकी सुनसरीको बराह नगरपालिका– ८ की ३८ वर्षीय महिलालाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो । सोमबार नै भर्ना भएकी उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आषिश श्रेष्ठले जानकारी दिए ।

यस्तै तेह्रथुमकी २० वर्षीया महिलाको पनि सोमबार मृत्यु भएको छ । महिलालाई आइतबार कोरोना पोजेटिभ देखिएको थियो । मृतक महिलामा पनि कुनै दीर्घ रोगको समस्या नभएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : ५१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति