बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु भएको छ ।

मृतक दुबै महिला हुन् । सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

कुनै दीर्घ रोग नभएकी सुनसरीको बराह नगरपालिका– ८ की ३८ वर्षीय महिलालाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो । सोमबार नै भर्ना भएकी उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आषिश श्रेष्ठले जानकारी दिए ।

यस्तै तेह्रथुमकी २० वर्षीया महिलाको पनि सोमबार मृत्यु भएको छ । महिलालाई आइतबार कोरोना पोजेटिभ देखिएको थियो । मृतक महिलामा पनि कुनै दीर्घ रोगको समस्या नभएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : ५१ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय