हङकङ आगलागी अपडेट : मृतक संख्या ११ पुग्यो, ७ नेपालीको सनाखत « Khabarhub

हङकङ आगलागी अपडेट : मृतक संख्या ११ पुग्यो, ७ नेपालीको सनाखत


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

तस्वीर : एप्पल डेल्ली

मृतक ११ जनामध्ये सात नेपाली छन् । अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् ।

तस्वीर : एप्पल डेल्लीआइतबार राति ८ बजेतिर लागोको आगोमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ छन् । यस्तै ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको सहारा हङकङका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

तस्वीर : एप्पल डेल्ली

बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा जन्मदिन  मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको प्रहरीले जनाएको छ ।

तस्वीर : एप्पल डेल्ली

प्रारम्भीक अनुसन्धानमा उक्त रेष्टुरेन्ट बिना दर्ता सञ्चालन भएको पाइएको हङकङ प्रहरीले जनाएको छ ।

यी हुन् मृतक तथा घाइते

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ९ : १८ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको