बाँकेमा हालसम्म कोरोनाले ७४ को मृत्यु « Khabarhub

बाँकेमा हालसम्म कोरोनाले ७४ को मृत्यु


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ७४ जनाको मृत्यु भएको छ ।

बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा बाँकेका १४ महिला र २२ पुरुष रहेका छन् भने जिल्ला बाहिरबाट उपचारका क्रममा आएका १० महिला र २८ पुरुष रहेका छन् ।

बाँकेमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेको श्रेष्ठले बताए ।

बाँकेका विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना भएका १०७ बिरामीमध्ये ४७ जनाको अवस्था सिकिस्त रहेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा ३५ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ४७ कोरोना सङ्क्रमित बिरामीको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

दुई जनाको भेन्टिलेटर, २३ जनाको आइसीयू र २२ जनाको अक्सिजनमा राखेर उपचार भइरहेको छ । बाँकेमा हालसम्म तीन हजार ६०१ जना सङ्क्रमित भएकामा तीन हजार ३१८ जनाले कोरोना पराजित गरी घर फर्किएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ३ : ०५ बजे

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको